Kathmandu Press

माधव नेपाल भन्छन्- पार्टी निर्णयलाई स्वीकार गरे समस्या समाधान हुन्छ 

काठमाडौंं, कात्तिक २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले  पार्टीको निर्णयलाई सबैले स्वीकार गरे पार्टीभित्र देखिएको समस्या समाधान हुने...
माधव नेपाल भन्छन्- पार्टी निर्णयलाई स्वीकार गरे समस्या समाधान हुन्छ 

काठमाडौंं, कात्तिक २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले  पार्टीको निर्णयलाई सबैले स्वीकार गरे पार्टीभित्र देखिएको समस्या समाधान हुने बताएका छन्। 

शुक्रबार काठमाडौंमा पत्रकारहरुसँग कुराकानी गर्दै नेपालले पार्टीको सामूहिक नेतृत्व र निर्णयलाई स्वीकार गरे समस्या समाधान हुने बताएका हुन्।

‘छलफल र बहसबाट भाग्ने पनि होइन।  बैठकबाट भाग्ने पनि होइन, कमिटी प्रणालीबाट भाग्ने पनि होइन एक्लै बन्ने पनि होइन,’उनले भने,‘पार्टीको सामूहिक नेतृत्वलाई पार्टीको निर्णयलाई स्वीकार गर्ने सबैमा प्रतिवद्धता चाहिन्छ।’

उनले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिवद्धता जनाए समस्या समाधान हुने पनि बताए।  पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफैँ हुने बताउँदै उनले भने,‘त्यसका लागि पार्टी कमिटीको बैठक निरन्तर राखेर छलफल, बहस र वादविवाद गर्नुपर्छ।’

नेपालले बैठकबाट भाग्ने प्रवृत्तिका कारण पार्टीमा समस्या उत्पन्न हुँदै आएको बताए। ‘बहसबाट भाग्ने, बैठकबाट भाग्ने र कमिटी प्रणालीबाट भागे समस्या समाधान हुँदैन,’ उनले भने।
 

प्रकाशित मिति: २२:२८ बजे, शुक्रबार, कात्तिक २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्