काठमाडौं उपत्यकामा थपिए १२०७ जना कोरोना संक्रमित
काठमाडौं, कात्तिक २८ : काठमाडौं उपत्यकामा थप १२०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप १२०७ जनामा कोरोना संक्रमण...
काठमाडौं, कात्तिक २८ : काठमाडौं उपत्यकामा थप १२०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा ९१९, भक्तपुरमा १०८ र ललितपुरमा १८० जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
यस्तै, नेपालमा थप २१११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ भने अहिलेसम्म १ लाख ६८ हजार १२९ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १२०२ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारमात्रै ३५३७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।











