Kathmandu Press

इजिप्टमा सैनिक हेलिकोप्टर दुर्घटना, ७ सैनिकको मृत्यु

जेरुसलेम, कात्तिक २८ : इजरायल–इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार एउटा हेलिकोप्टर बिहीबार साँझ दुर्घटनाग्रस्त हुँदा सात सैनिकको मृत्यु भएको...
इजिप्टमा सैनिक हेलिकोप्टर दुर्घटना, ७ सैनिकको मृत्यु

जेरुसलेम, कात्तिक २८ : इजरायल–इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार एउटा हेलिकोप्टर बिहीबार साँझ दुर्घटनाग्रस्त हुँदा सात सैनिकको मृत्यु भएको छ।

इजिप्टको सिनाई प्रायःद्वीप क्षेत्रमा नियमित उडान भरिरहेको हेलिकोप्टर दुर्घटना भएको हो। प्राप्त समाचार अनुसार दुर्घटनामा पाँच अमेरिकी सैनिकको मृत्यु भएको थियो। दुर्घटनामा आठ सैनिक गम्भीर घाइते भएका छन्।

Hardik ivf

बहुराष्ट्रिय सैन्य तथा निरीक्षण केन्द्रका अनुसार दुर्घटनामा फ्रान्स र चेक गणतन्त्रका एक एक सैनिकको पनि ज्यान गएको छ। मृत्यु भएकाहरुको नाम सार्वजनिक गरिएको छैन। घाइते सैनिकहरु सबै अमेरिकी रहेका छन्। 

केन्द्रले इजिप्टको लाल सागरको तटीय पर्यटकीय शहर शार्म एल–शेख नजिक हेलिकोप्टर दुर्घटनाग्रस्त भएको जनाएको छ। उक्त दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको छ।

एक जना इजिप्टका सैनिक अधिकारीका अनुसार उक्त हेलिकोप्टर इजिप्टको सीमाभन्दा बाहिर लाल सागरमा दुर्घटना भएको थियो। 

घाइते सैनिकहरुलाई उद्धार गरी इजरायलस्थित शहर इलातमा ल्याइएको इजरायली सेनाले जनाएको छ। केन्द्रले हेलिकोप्टरमाथि कुनै पनि समूहले आक्रमण गरेको देखिएको छैन। 

प्रकाशित मिति: १९:४४ बजे, शुक्रबार, कात्तिक २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्