Kathmandu Press

सडक दुर्घटनामा एकको मृत्यु

धनुषा, कात्तिक २८ : ढल्केवर–जनकपुर राजमार्गअन्तर्गत जनकपुरको मुजेलियामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–१९ का ४५ वर्षीय विजय...
सडक दुर्घटनामा एकको मृत्यु

धनुषा, कात्तिक २८ : ढल्केवर–जनकपुर राजमार्गअन्तर्गत जनकपुरको मुजेलियामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–१९ का ४५ वर्षीय विजय शर्मा रहेको प्रहरीले जनाएको छ। धनुषाधामबाट जनकपुरतर्फ आइरहेको बा२०प ६८३१ नम्बरको कार तीव्रगतिका कारण अनियन्त्रित भई पुलबाट तल पानीमा खसेर आज बिहान दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका कार चालक शर्मालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरीको भनाइ छ। शर्माको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: १९:३० बजे, शुक्रबार, कात्तिक २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्