Kathmandu Press

कोरोना संक्रमणबाट झापामा एक वृद्धको मृत्यु

झापा, कात्तिक २८ : कोरोना भाइरसको संक्रमणबाट झापाको शिवसताक्षी नगरपालिकामा एक जना बृद्धको मृत्यु भएको छ।गएराति शिवसताक्षी नगरपालिका ६ का ६२ वर्षीय बृद्धको...
कोरोना संक्रमणबाट झापामा एक वृद्धको मृत्यु

झापा, कात्तिक २८ : कोरोना भाइरसको संक्रमणबाट झापाको शिवसताक्षी नगरपालिकामा एक जना बृद्धको मृत्यु भएको छ।

गएराति शिवसताक्षी नगरपालिका ६ का ६२ वर्षीय बृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, झापाले जनाएको छ। उनको झापाको बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो।

उनलाई कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनी बी एन्ड सी अस्पताल भर्ना भएका थिए।

उपचारका क्रममै उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी प्रमिस गिरीले बताए। उनी मिर्गौला रोगबाट पीडित थिए।

 

प्रकाशित मिति: १६:१२ बजे, शुक्रबार, कात्तिक २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्