Kathmandu Press

बैतडी बस दुर्घटनामा मृतक सातको सनाखत (अपडेट)

बैतडी, कात्तिक २८ : बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा भएको बस दुर्घटनामा मृत्यु भएका नौ जनामध्ये सात जनाको सनाखत भएको छ।बैतडीको डिलाशैनी गाउँपालिका...
बैतडी बस दुर्घटनामा मृतक सातको सनाखत (अपडेट)

बैतडी, कात्तिक २८ : बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा भएको बस दुर्घटनामा मृत्यु भएका नौ जनामध्ये सात जनाको सनाखत भएको छ।

बैतडीको डिलाशैनी गाउँपालिका २ गन्नाबाट महेन्द्रनगरको लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस गएराति खोड्पेमा दुर्घटना भएको थियो। दुर्घटनामा नौ जनको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।

मृत्यु भएकामध्ये सात जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय, बैडतीका इन्स्पेक्टर जनकबहादुर धामीले बताए। इन्स्पेक्टर धामीका अनुसार बैतडीको दोगडाकेदार गाउँपालिका ६ का रणबहादुर चन्द, करणसिंह ऐरी र कविन्द्र जोशी, डिलाशैनी गाउँपालिका ७ घर भई कञ्चनपुरको भीमदत्त नगरपालिका १० बस्ने विजना धामी, दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, दार्चुलाकै तर्कराज गिरी र कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की किर्तीका कार्कीको मृत्यु भएको छ।

दुर्घटनामा आठ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लग्ने क्रममा बाटोमा मृत्यु भएको थियो। मृत्यु भएकामध्ये सात जना पुरुष र दुई जना महिला रहेका छन्।

दुर्घटनामा घाइते भएका ३४ जनामध्ये आठ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा बसका चालक र सहचालक पनि घाइते भएका छन्। बसमा ४० जनाभन्दा बढी यात्रु रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:३६ बजे, शुक्रबार, कात्तिक २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्