लिवियामा डुंगा दुर्घटना, ७४ जनाको मृत्यु
काठमाडौं, कात्तिक २८ : लिबियामा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ ।लिवियाको खोमस तटमा डुंगा दुर्घटना हुँदा ७४ जनाको...
काठमाडौं, कात्तिक २८ : लिबियामा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ ।
लिवियाको खोमस तटमा डुंगा दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (आइओमएम) लाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ ।
१२० जना सवार उक्त डुंगा दुर्घटना भएलगत्तै ४७ जनाको जीवितै उद्धार गरिएको जनाइएको छ । गत अक्टोबरदेखि भूमध्यसागरमा रहेको उक्त डुंगा समुद्र पार गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ ।
डुंगामा सवार अधिकांश महिला र बालबालिका रहेका थिए ।
प्रकाशित मिति: १४:३२ बजे, शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












