Kathmandu Press

नेपाल र बंगलादेशको मैत्रीपूर्ण फुटबल खेल आज 

काठमाडौ, कात्तिक २८ : नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल आज हुँदैछ । नेपालले बंगलादेशसँग ढाकास्थित बंगबन्धु रंगशालामा अपराह्न ४ः ४५ बजे हुनेछ । ‘मुजिब...
नेपाल र बंगलादेशको मैत्रीपूर्ण फुटबल खेल आज 

काठमाडौ, कात्तिक २८ : नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल आज हुँदैछ । नेपालले बंगलादेशसँग ढाकास्थित बंगबन्धु रंगशालामा अपराह्न ४ः ४५ बजे हुनेछ ।

 ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल हुन लागेको हो । लामो समयपछि अन्तर्राष्ट्रिय खेलका लागि मैदान उत्रिएको नेपाल जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

खेल अघिको प्रि–म्याच पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक बालगोपल महर्जनले टोलीको प्रशिक्षण राम्रो भएकाले घरेलु टोलीविरुद्ध राम्रो नतिजाका लागि खेल्ने बताएका छन् ।

नेपालले बंगलादेशसँग अन्तिम पटक २०१८ मा भएको साफ च्याम्पियनसिपमा खेलेको थियो । उक्त खेलमा नेपाल २-० ले विजयी रहेको थियो ।

प्रकाशित मिति: १४:२२ बजे, शुक्रबार, कात्तिक २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्