नेकपाको सचिवालय बैठक आज बस्दै
काठमाडौं, कात्तिक २८ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले...
काठमाडौं, कात्तिक २८ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमति दिएसँगै महासचिव विष्णु पौडेलले आज अपराह्न बस्ने गरि बैठक बोलाएका हुन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले बैठकका बोलाउन माग गर्दै आएका थिए । तर प्रधानमन्त्री ओलीले बहुमतको आडमा आफुलाई पेल्न खोजेको भन्दै सचिवालय बैठक बोलाउन अस्विकार गर्दै आएका थिए ।
प्रधानमन्त्री ओलीले बैठक बोलाउन आनाकानी गरेपछि प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबार लिखितपत्र दिएरै बैठकको माग गरेका थिए ।
प्रचण्ड–नेपाल समूहले हिजो बैठक राख्नका लागि सहमति दिन ओलीलाई आग्रह गरेको थियो । सचिवालय बैठक बोलाउने विषयलाई दुई पक्षले प्रतिष्ठाको विषय बनाउँदा नेकपामा विभाजन हुने खतरा बढेको नेताहरुले नै बताउँदै आएका थिए ।









![हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1791704315.jpg)

