सुनुवाइ समितिले संवैधानिक र राजनीतिक नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्रीलाई बोलाउने
काठमाडौं, कात्तिक २७ : संसदीय सुनुवाइ विशेष समितिले संवैधानिक र राजनीतिक नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउने भएको छ। बिहीबार सिंहदरबारमा बसेको समितिको...
काठमाडौं, कात्तिक २७ : संसदीय सुनुवाइ विशेष समितिले संवैधानिक र राजनीतिक नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउने भएको छ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारले गरिरहेका संवैधानिक र राजनीतिक नियुक्ति संविधान अनुसार समानुपातिक तथा समावेशी नभभएकाले त्यसबारे छलफल गर्न प्रधानमन्त्री ओलीलाई बोलाउने निर्णय गरेको हो।
समितिका सभापति लक्ष्मणलाल कर्णले संवैधानिक र राजनीतिक नियुक्तिबारे छलफल गर्न मंसिर दोस्रो साताभित्र प्रधानमन्त्रीलाई समितिको बैठकमा बोलाइने जानकारी दिए।
बैठकमा सरकारले गर्ने नियुक्तिमा समावेशी सिद्धान्तको पालना नभएको विषयमा सांसदहरुले कुरा उठाएको सभापति कर्णले बताए। ‘नियुक्तिका विषयमा प्रश्न उठिरहेको छ। सबै राजदूतहरूको सिफारिस एकै पटक होस् जसले समावेशी सिद्धान्त पालना हुन्छ भनेर प्रधानमन्त्रीसँग समय मिलाएर बोलाउने निर्णय भएको छ,’ उनले भने।
बैठकमा जनता समाजवादीका सांसद राजेन्द्र श्रेष्ठले सरकारबाट हुने नियुक्तिहरू समावेशी नभएकाले प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने बताएका थिए। बैठकमा प्रतिपक्षी दल कांग्रेसका सांसदहरु पुष्पा भुसाल र ज्ञानेन्द्रबहादुर कार्कीले पनि सरकारले गर्ने राजनीतिक तथा संवैधानिक नियुक्ति समावेशी र समानुपातिक सिद्धान्तका आधारमा नभएको बताएका थिए।
समितिको बैठकमा सरकारले गरिरहेका संवैधानिक र राजनीतिक नियुक्ति ससमानुपातिक र समावेशीताका आधारमा नभएको भन्दै सांसदरुले प्रश्न उठाउँदै आएका छन्। सांसदहरुले यसबारेमा प्रधानमन्त्री ओलीसँग बैठकमा छलफल गर्नु पर्नेमा जोड दिएका थिए।









![हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1791704315.jpg)

