Kathmandu Press

बारामा ट्रमा अस्पताल बनाउने योजना रोकियो

वीरगञ्ज, कात्तिक २७ : प्रदेश २ सरकारले बाराको पथलैयामा निर्माण गरिने ट्रमा अस्पताल बनाउने योजना रोकेपछि त्यस क्षेत्रका जनतामा निराशा छाएको छ। सामाजिक विकास...
बारामा ट्रमा अस्पताल बनाउने योजना रोकियो

वीरगञ्ज, कात्तिक २७ : प्रदेश २ सरकारले बाराको पथलैयामा निर्माण गरिने ट्रमा अस्पताल बनाउने योजना रोकेपछि त्यस क्षेत्रका जनतामा निराशा छाएको छ। 

सामाजिक विकास मन्त्रालयले नीति तथा कार्यक्रममा घोषण गरी सो अस्पताल निर्माण गर्न बजेट समेत छुट्याइसकिएको थियो। राजमार्गमा हुने सवारी दुर्घटनाबाट घाइतेहरुको तत्काल उपचार गर्ने उद्देश्यले प्रदेश सरकारले बाराको पथलैयामा रहेको स्वास्थ्य तालीम केन्द्रलाई ट्रमा अस्पताल बनाउने गरी बजेट समेत छुट्याइसकिएको भएपनि हाललाई अस्पताल निर्माणको काम स्थगित गरिएको मन्त्रालयले जनाएको  छ।

प्रदेश सरकारले सो अस्पताल पथलैयामा नबनाएर बारा जिल्लाको सदरमुकाम कलैयादेखि ६ किलोमिटर भित्र रहेको गंगापुरस्थित तत्कालीन जिल्ला शिक्षा कार्यालयको भवनमा बनाउने निधो गरेपछि प्रदेश २ को प्रदेशसभामा प्रतिपक्षी दलले विरोध गरेपछि अस्पताल निर्माणमा अवरोध आएको बताइएको छ। 

प्रदेश सभामा नेकपाका सचेतक सुन्दर विश्वकर्माले निर्णय भएको स्थानमा नै अस्पताल बनाउनुपर्ने माग गरे। दुई बिघा ४ कठ्ठा क्षेत्रफलमा रहेको सो तालिम केन्द्रमा ७२ कोठा र पर्याप्त साधनस्रोत भएको, राजमार्ग छेउमै रहेकाले पथलैयामा नै अस्पताल निर्माण हुनुपर्ने माग जितपुरवासीको छ। रासस

प्रकाशित मिति: २३:५७ बजे, बिहीबार, कात्तिक २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्