Kathmandu Press

राजदूतमा सिफारिस खतिवडा, रेग्मी र विकको नाम सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौं, कात्तिक २७ : अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका नेपाली राजदूतका लागि सिफारिस भएका तीनै जनाको नाम संसदीय सुनुवाइ विषेश समितिले अनुमोदन गरेको...
राजदूतमा सिफारिस खतिवडा, रेग्मी र विकको नाम सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौं, कात्तिक २७ : अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका नेपाली राजदूतका लागि सिफारिस भएका तीनै जनाको नाम संसदीय सुनुवाइ विषेश समितिले अनुमोदन गरेको छ। 

बिहीबार बसेको समितिको बैठकले अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माको नाम अनुमोदन गरेको हो। 

समितिका सभापति लक्ष्मणलाल कर्णले राजदूतका लागि सिफारिस भएका खतिवडा, रेग्मी र विकको नाम सर्वसम्मतीबाट अनुमोदन भएको जानकारी दिए।  त्यसअघि समितिको बैठकमा प्रस्तावित राजदूतत्रयले समितिमा परेका उजुरी र सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए। 

यसअघि गत असोज १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई अमेरिका, रेग्मीलाई बेलायत र विक दक्षिण अफ्रिकाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो।  सुनुवाइ समितिबाट अनुमोदित भएका प्रस्तावित राजदूतलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। 
 

प्रकाशित मिति: २३:०३ बजे, बिहीबार, कात्तिक २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्