Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ९७३ जना कोरोना संक्रमित

काठमाडौं, कात्तिक २७ : काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप ९४३ जनामा कोरोना...
काठमाडौं उपत्यकामा थपिए ९७३ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं, कात्तिक २७ : काठमाडौं उपत्यकामा थप ९७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप ९७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ७६४, भक्तपुरमा ८३ र ललितपुरमा १२६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। 

यस्तै, बिहीबार नेपालमा थप १९१३  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ भने अहिलेसम्म १ लाख ६४ हजार ५९२ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट  १५ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११८९ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारमात्रै २३४९ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: २२:२२ बजे, बिहीबार, कात्तिक २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्