थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि, २३४९ जना संक्रमणमुक्त
नेपालमा थप १९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौं, कात्तिक २७ : नेपालमा थप १९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ भने अहिलेसम्म १ लाख ६४ हजार ५९२ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११८९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारमात्रै २३४९ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: २२:०२ बजे, बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1791704315.jpg)
