भारतकाे आग्रामा कार दुर्घटना, तीन नेपालीको मृत्यु, चार घाइते

काठमाडौ., कात्तिक २७ : भारतबाट सुनौलीतर्फ आउँदै गरेको कार दुर्घटना हुँदा तीन नेपालीको मृत्यु भएको छ। मंगलबार राति भारतको आग्रामा भएको दुर्घटनामा कार आग्रा एक्सप्रेस वेमा ट्रकसँग ठोक्किँएको थियो।
दुर्घटनामा दुई जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
सात जना सवार उक्त कारमा रहेका अन्य चार जना भने घाइते भएको र धाइतेमध्ये दुई जनाको दिल्ली र दुई जनाको स्थानीय कृष्ण अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था सामान्य रहेको छ।
मृतकमध्ये अहिलेसम्म एक जनाको मात्रै सनाखत भएको छ।
प्रकाशित मिति: २१:०१ बजे, बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1791704315.jpg)
