Kathmandu Press

कोरोना विशेष अस्थायी अस्पतालका सात जना डाक्टरले दिए राजीनामा

काठमाडौं, कात्तिक २७ : बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत ७ जना डाक्टरले राजीनामा दिएका छन्। कोरोना जोखिम भत्ता नपाएपछि...
कोरोना विशेष अस्थायी अस्पतालका सात जना डाक्टरले दिए राजीनामा

काठमाडौं, कात्तिक २७ : बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत ७ जना डाक्टरले राजीनामा दिएका छन्। कोरोना जोखिम भत्ता नपाएपछि अस्पतालमा करारमा कार्यरत ७ जना मेडिकल अधिकृतले राजीनामा दिएका हुन्।

बिगत तीन महिनादेखिको जोखिम भत्ता नपाएको भन्दै उनीहरुले राजीनामा दिएका हुन्।

मेडिकल अधिकृतले काम छाडेपछि आईसीयूको उपचार सेवा प्रभावित भएको छ। उनीहरुले जोखिम भत्ता पाएपछि मात्र काममा फर्कने बताएका छन्।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले उनीहरुलाई तिहारपछि जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। 

प्रकाशित मिति: २०:५० बजे, बिहीबार, कात्तिक २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्