काेराेना परीक्षण घट्दाे, कसरी थाहा पाउने संक्रमण?
भक्तपुर, कात्तिक २७ : अहिले संसारभर कोरोना भाइरस संक्रमितको संख्या तिव्ररुपमा बढिरहेको छ। कतिपय देशमा अझै पनि कोरोना भाइरसको परीक्षण आवश्यकता अनुसार हुनसकेको...
भक्तपुर, कात्तिक २७ : अहिले संसारभर कोरोना भाइरस संक्रमितको संख्या तिव्ररुपमा बढिरहेको छ। कतिपय देशमा अझै पनि कोरोना भाइरसको परीक्षण आवश्यकता अनुसार हुनसकेको छैन।
नेपालमा पनि कोरोना परीक्षण तिव्र रुपमा हुनसकेको छैन। परीक्षण बढ्नुको सट्टा केही दिनयता घटिरहेको छ। जसले कोरोना संक्रमण फैलिनमा मद्दत गरिरहेको छ।
परीक्षण नगर्दा कोरोना संक्रमण छ वा छैन भन्ने थाहा हुँदैन। आफूलाई कोरोना संक्रमण भएको थाहै नपाएर अरुमा सार्ने जोखिम हुन्छ।
त्यसैले परीक्षण गर्नुअघि केही कुरामा ध्यान दियो भने कोरोना संक्रमण भएको अनुमान गर्नसकिन्छ। त्यसपछि अनिवार्य रुपमा परीक्षण गर्दा आफू जोगिएर अरुलाई पनि जोगाउन सकिन्छ।
कोरोना संक्रमण भएको कसरी थाहा पाउने?
म्यासाचुसेट्स अस्पतालका चिकित्सक निर्देशक डा. विलियम हिलम्यानका अनुसार, अहिले एन्टीबडीहरुको परीक्षणमा तिब्रता आएको भएपनि व्यापक रुपमा यसको क्लिनिकल प्रयोग भने हुन सकेको छैन। एन्टिबडी परीक्षणले हाम्रो शरीरमा कोरोना भाइरससँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता कति छ भन्ने कुरा स्पष्ट हुने र कम भएमा यसको विकासका लागि आवश्यक क्रियाकलापहरु गर्न सकिने भएकाले परीक्षण महत्वपूर्ण रहेको डा. हिलम्यान बताउँछन्।
कोरोना र मौसमी फ्लुका लक्षणहरु लगभग उस्तै भएकाले कतिपय मानिसहरु यसको पहिचानमा झुक्किने गरेका छन्। केही मानिसहरु मौसमी फ्लुलाई कोरोना ठानेर आत्तिने गरेका छन् भने कतिपय मानिसले कोरोनालाई मौसमी फ्लु भनेर हेलचेक्रयाँइ गरेको पनि पाइएको छ।
कोरोना संक्रमित हुँदा रुघाखोकी लाग्ने, ज्वरो आउने, मांशपेशी दुख्नेलगायतका मौसमी फ्लुकैजस्ता लक्षणहरु देखिन्छन्। स्वाद र गन्ध थाहा नपाउनु पनि कोरोनाकै लक्षण हो। यस्ता लक्षणहरु देखिएमा भने अस्पताल जानुपर्छ। यदि अस्पताल जाने वातावरण नभएको खण्डमा भने आफैले सावधानीका उपयहरु अपनाउनुपर्छ।
अझै पनि कोरोनाको व्यापक परीक्षण हुन सकेको छैन। तर, दक्षिण कोरियालगायत केही युरोपियन देशहरुले भने कति मानिसहरु लक्षणविहीन संक्रमितहरु छन् र कति जनामा सामान्य लक्षण देखिएको भन्ने कुराको अनुमान गरिसकेका छन्। उनीहरुले केही व्यक्तिहरुलाई भने लक्षण देखिएपनि ति लक्षणलाई एलर्जी वा अन्य कुनै रोग हुनसक्ने समेत अनुमान गरेका छन्।
के लक्षण नभएका संक्रमितले कोरोना सार्नसक्छ?
लक्षण नभएका संक्रमितले पनि कोरोना संक्रमण सार्न सक्ने सम्भावना रहेको छ। तर, कुन अवस्थामा उनीहरुबाट कोरोना सर्नसक्छ भन्ने विषयलाई प्रष्ट पार्ने कुनै प्रविधि नभएका कारण उनीहरुबाट कहिले र कसरी कोरोना सर्छ एकीन साथ भन्न सकिने अवस्था छैन।
लक्षण भएका मानिसको तुलनामा लक्षण नभएका मानिसहरुबाट कोरोना सर्न सक्ने सम्भावना बढी रहेको डा. हिलम्यान बताउँछन्। किनभने लक्षण भएका मानिसहरुले कोरोनाको पहिचान गरी आवश्यक सतर्कता अपनाउँछन्, जबकी लक्षण नभएका मानिसहरुले सर्तकता अपनाएका हुँदैनन्।
कतिपय अवस्थामा लक्षण देखिनु केही दिन अगाडि नै ति व्यक्ति संक्रमित भईसकेका हुन्छन्। यस्तै मानिसहरु कोरोना संक्रमित भई निको भएको दुई हप्तासम्म पनि कोरोनाका केही अंशहरु मानिसको शरीरमा देखिनसक्छ । तर, तिनीहरुमा अन्य व्यक्तिमा सर्नसक्ने क्षमता कति हुन्छ भन्ने कुराको प्रष्ट प्रमाण भने छैन।
अहिले धेरै मानिसहरु लक्षण नदेखिएसम्म कोरोना परीक्षण नगर्ने भएकाले संक्रमितहरुको पहिचान गर्न गाह्रो छ। तसर्थ लक्षण नभएका मानिसहरुले संक्रमण सार्नसक्ने सम्भावना उत्तिकै रहेको हुँदा सबैले अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्नुपर्ने डा. हिलम्यानको भनाइ छ।
कोरोना संक्रमण फैलन नदिनु प्रत्येक नागरिकाको दायित्व हो। कुनै एक व्यक्तिमा कोरोनाको लक्षण देखिएर निको भईसकेको, तर परीक्षण भने नगरेको छ भने त्यो व्यक्तिले आफै सतर्कताका उपयहरु अपनाउन जरुरी छ। साथै आफुसँग क्लोज कन्ट्याकमा आएका व्यक्तिहरुलाई पनि खबर गर्नु उत्तिकै जरुरी छ।
के निको भएपछि पनि संक्रमण हुनसक्छ?
अहिलेसम्म कोरोना संक्रमण निको भएर फेरि संक्रमित भएको कुनै तथ्य प्रमाण प्राप्त छैन। हाम्रो शरीरमा कुनै पनि भाइरससँग लड्न प्रतिरक्षा प्रणाली बलियो हुनुपर्छ। प्रतिरक्षा प्रणाली कमजोर भएका मानिसहरुमा कुनै पनि भाइरसले छिटै असर पु¥याउने गर्दछ। तसर्थ कोरोना भाइरस संक्रमितहरु निको भईसके पनि कम्तीमा एक वर्षसम्म शरीरमा प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनुपर्छ।
अपवादको रुपमा चीनमा केही मानिसहरुमा दोस्रो पटक कोरोना संक्रमण देखिएको छ। तर, वैज्ञानिकहरुले भने परीक्षणको अशुद्धताका कारण दोस्रो पटक संक्रमण देखिएको हुनसक्ने अनुमान गरेका छन्। (एजेन्सीको सहयोगमा)










![हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1791704315.jpg)
