राजमो अध्यक्ष केसीको उपचार खर्च सरकारले बेहोर्ने
काठमाडौं, कात्तिक २७ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ।आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष केसीको उपचार खर्च बेहोर्ने...
काठमाडौं, कात्तिक २७ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष केसीको उपचार खर्च बेहोर्ने निर्णय गरेको हो। केसीको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले बताए।
पूर्वउपप्रधानमन्त्री एवं संविधान सभाका सदस्य केसी केही दिनदेखि बिरामी भएका छन्। उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको छ।
उनको अवस्था गम्भीर रहेको छ। बुधबार राजमोले उपचार खर्चका लागि सहयोग गर्न शुभचिन्तकलाई आग्रह गरेको थियो।
उनकाे काठमाडाैंकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ। रुपन्देहीमा रहँदा स्वास्थ्यमा समस्या आएपछि काठमाडाैं आएका थिए।
स्वाब परीक्षण गराउँदा काेराेना संक्रमण देखिएकाे थियाे। उनलाई निमाेनियाकाे पनि समस्या देखिएकाे अस्पतालले जनाएकाे छ।
प्रकाशित मिति: १८:१७ बजे, बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1791704315.jpg)
