Kathmandu Press

गण्डकी प्रदेशका चार विधेयक प्रमाणीकरण

कास्की कात्तिक २७ : गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले चार  विधेयक प्रमाणीकरण गरेका छन्। गण्डकी प्रदेशसभाले पारित गरी पठाएका  विधेयक नेपालको संविधानको धारा...
गण्डकी प्रदेशका चार विधेयक प्रमाणीकरण

कास्की कात्तिक २७ : गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले चार  विधेयक प्रमाणीकरण गरेका छन्। गण्डकी प्रदेशसभाले पारित गरी पठाएका  विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बुधबार प्रदेश प्रमुख शेरचनले प्रमाणीकरण गरेका हुन्।

ती विधेयकमा गण्डकी प्रदेश प्रहरीको व्यवस्था गर्न बनेको विधेयक, खेलकुदको विकास गर्ने व्यवस्था गर्न बनेको विधेयक, विकास प्राधिकरणको स्थापना र सञ्चालन गर्ने व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा कृषि व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छन्। 

यसअघि ती विधेयक गण्डकी प्रदेशसभाबाट पारित भई सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गरेका थिए।

प्रकाशित मिति: १७:५६ बजे, बिहीबार, कात्तिक २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्