भोलि अपराह्न ४ बजे बोलाइयो नेकपा सचिवालय बैठक
काठमाडौं, कात्तिक २७ : सत्तारुढ दल नेकपा सचिवालय बैठक भोलि अपराह्न ४ बजे बोलाइएको छ।प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले महासचिव विष्णुप्रसाद पौडेलमार्फत...
काठमाडौं, कात्तिक २७ : सत्तारुढ दल नेकपा सचिवालय बैठक भोलि अपराह्न ४ बजे बोलाइएको छ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले महासचिव विष्णुप्रसाद पौडेलमार्फत शुक्रबार सचिवालय बैठक बोलाएका हुन्। उनले शुक्रबार अपराह्न ४ बजे बैठक बस्ने सचिवालय सदस्यहलाई जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाउन मानेका थिएनन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाउने तयारी गरेका थिए। उनले आजको समय दिएका थिए।
आज बैठक नबोलाए आफै बोलाउने तयारी गरेका थिए। त्यसपछि प्रधानमन्त्री ओली सचिवालय बैठक बोलाउन पुगेका हुन्।
नेकपाभित्र फेरि विवाद उत्पन्न भएको छ। विवादबारे छलफल गर्न प्रचण्डलगायत पाँच सचिवालय सदस्यले बैठकको माग गर्दै आएका थिए।
प्रकाशित मिति: १५:५२ बजे, बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1791704315.jpg)
