रौतहटमा गोली हानी १८ वर्षीया किशोरीको हत्या
रौतहट, कात्तिक २७ : रौतहटमा गोली प्रहार गरि एक जना किशोरीको हत्या गरिएको छ।जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार गएराति ११ बजे गोली प्रहारबाट...
रौतहट, कात्तिक २७ : रौतहटमा गोली प्रहार गरि एक जना किशोरीको हत्या गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार गएराति ११ बजे गोली प्रहारबाट रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहाकी १८ वर्षिया अमृता कुमारीको हत्या भएको हो।
घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले अमृताको कन्चटमा गोली लागेको बताए।
अमृताको गत फागुनमा सर्लाहीको मधुवनगोठका रूपेश साहसँग विवाह भएको थियो। असारमा अमृताले रुपेशसँग सम्वन्धविच्छेद गरेकी थिइन्।
गोली कसले हान्यो भन्ने खुलेको छैन। गोली प्रहार गर्ने समूहको खोजी भइरहेको एसपी शाहले बताए।
प्रकाशित मिति: १५:४२ बजे, बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1791704315.jpg)
