Kathmandu Press

विश्वमा कोरोना : एकैदिनमा १० हजार वढीको मृत्यु, ६ लाख वढी संक्रमित थपिए 

काठमाडौ, कात्तिक २७ : विश्वभर कोरोना संक्रमणबाट एकैदिनमा १० हजार वढी संक्रमितको मृत्यु भएको छ ।वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १० हजार १...
विश्वमा कोरोना : एकैदिनमा १० हजार वढीको मृत्यु, ६ लाख वढी संक्रमित थपिए 

काठमाडौ, कात्तिक २७ : विश्वभर कोरोना संक्रमणबाट एकैदिनमा १० हजार वढी संक्रमितको मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १० हजार १ सय ८० संक्रमितको मृत्यु भएको हो । विश्वभर एकैदिन कोरोनाले मृत्यु भएकाको यो संख्या अहिलेसम्मकै उच्च हो ।

Hardik ivf

एकै दिन १० हजार बढीको मृत्यु हुँदा कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ८८ हजार ८९५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख १३ हजार ४३६ संक्रमित थपिएका छन् । यो सँगै विश्वभर संक्रमितको संख्या ५ करोड २४ लाख २१ हजार ७५५ पुगेको छ ।

यसमध्ये ३ करोड ६६ लाख ६८ हजार १ सय ५३ जना संक्रमण मुक्त भएका छन् । उपचार गराइरहेकामध्ये ९४ हजार ७३९ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति: १३:४४ बजे, बिहीबार, कात्तिक २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्