Kathmandu Press

कलंकीमा रोकिराखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा तीन जनाको मृत्यु 

काठमाडौं, कात्तिक २७ : काठमाडौंको कलंकीमा आज बिहान पार्किङ गरेर राखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ। मकालु पेट्रोल पम्पको छेउमा...
कलंकीमा रोकिराखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा तीन जनाको मृत्यु 

काठमाडौं, कात्तिक २७ : काठमाडौंको कलंकीमा आज बिहान पार्किङ गरेर राखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ।

 मकालु पेट्रोल पम्पको छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बा ५ ख ८८६५ नम्बरको ट्रकमा सवार ३ जनाको मृत्यु भएको प्रहरीले जनाएके छ ।

दुर्घटनामा नुवाकोट सुन्दरदेवी गाँउपालिकाका २४ वर्षीय रोशन तामा, नुवाकोट तारकेश्वरका ३७ वर्षीय माधव घिमिरे र एकजना अन्यको सहिद मेरोरियर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

 दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर रहेको छ । 

प्रकाशित मिति: १३:०८ बजे, बिहीबार, कात्तिक २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्