Kathmandu Press

भारतमा कोरोनाबाट १ लाख २८ हजारले ज्यान गुमाए 

काठमाडौं, कात्तिक २७ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २८ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप ५४९ जनाको...
भारतमा कोरोनाबाट १ लाख २८ हजारले ज्यान गुमाए 

काठमाडौं, कात्तिक २७ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५४९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २८ हजार १६४ पुगेको हो ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ४८ हजार २८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८६ लाख ८४ हजार ३९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८० लाख ६४ हजार ५४८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: १२:३६ बजे, बिहीबार, कात्तिक २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्