Kathmandu Press

जनताको विश्वासले सरकारमा आएको हुँ, राजीनामा माग्नु व्यर्थ छ : प्रधानमन्त्री ओली

किमाथांका, कात्तिक २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले राजीनामा माग्दैमा नदिने बताएका छन्। उत्तर–दक्षिण कोशी राजमार्गको बुधबार हेलिकप्टरबाट अनुगमनपछि किमाथांकामा आयोजित कार्यक्रममा उनले आफू...
जनताको विश्वासले सरकारमा आएको हुँ, राजीनामा माग्नु व्यर्थ छ : प्रधानमन्त्री ओली

किमाथांका, कात्तिक २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले राजीनामा माग्दैमा नदिने बताएका छन्। 

उत्तर–दक्षिण कोशी राजमार्गको बुधबार हेलिकप्टरबाट अनुगमनपछि किमाथांकामा आयोजित कार्यक्रममा उनले आफू जनताबाट निर्वाचित भई स्थिरताका लागि सरकार प्रमुख भएकाले कसैले राजीनामा माग्दैमा नदिने दोहोर्‍याएका हुन्। 

उनले पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फुटको हल्ला चलाइए पनि त्यस्तो हल्लाको पछि नलाग्न आग्रह गरे।  सरकार परिर्वतन नहुने बताउँदै प्रधानमन्त्री ओलीले भने, “म जनताको विश्वासले सरकारमा आएको हो। अहिले सरकार परिर्वतन हुँदैछ भन्ने हल्ला चलाउनु वा मेरो राजीनामा माग्नु व्यर्थ छ।”

उनले चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको दुई मार्ग चाँडै एकापसमा जोडिने बताए। प्रधानमन्त्री ओलीले उक्त मार्ग चीन, भारत र नेपाललाई जोड्ने देशकै महत्वपूर्ण बाटो रहेको बताउँदै यसका लागि सरकारले प्राथमिकता दिएको बताए।

प्रधानमन्त्री ओलीले संखुवासभाको किमाथाङ्का सडक खण्डको पहरा छिचोल्न नेपाली सेनालाई जिम्मा दिइसकिएको र सडक ट्रयाक खुलेपछि भएपछि कालोपत्रसम्मको काम क्रमशः हुने बताए।  उत्तर–दक्षिण कोशी सडक निर्माणपछि किमाथाङ्का निकै नजिक हुने उनको भनाइ छ। 

प्रधानमन्त्री ओलीले अरुण तेश्रोको कामबाट आफू सन्तुष्ट रहेको बताए। उनले अरुण तेश्रो जलविद्युत परियोजनाको पावर हाउस निर्माण क्षेत्र पुखुवा र ड्याम निर्माण क्षेत्र फ्याक्सिन्दा दोभानको हवाइ अनुगमन गरेका थिए। अनुगमनका क्रममा अरुण तेश्रो जलविद्युत परियोजनाका कार्यकारी प्रमुख अरुण धिमानले प्रगति विवरण पेश गरेका थिए।
 

प्रकाशित मिति: ०१:०९ बजे, बिहीबार, कात्तिक २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्