फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
काठमाडौं, कात्तिक २६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ। पार्टीभित्रको आन्तरिक किचलोका कारण पटक–पटक स्थगित हुँदै आएको केन्द्रीय समितिको...
काठमाडौं, कात्तिक २६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ।
पार्टीभित्रको आन्तरिक किचलोका कारण पटक–पटक स्थगित हुँदै आएको केन्द्रीय समितिको बैठक कात्तिक २८ गते दिउँसो १ बजे बस्ने गरी सारिएको हो। यसअघि केन्द्रीय समितिको बैठक कात्तिक २७ गते दिउँसो १ बजेका लागि बोलाइएको थियो।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कात्तिक २७ गते बिहीबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कार्तिक २८ गते शुक्रबार दिनको १ बजे बस्ने भएको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
हेर्नुस् विज्ञप्ति :

प्रकाशित मिति: २२:४८ बजे, बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











