काठमाडौं उपत्यकामा थपिए १२६१ जना कोरोना संक्रमित
काठमाडौं, कात्तिक २६ : काठमाडौं उपत्यकामा थप १२६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप १२६१ जनामा कोरोना...
काठमाडौं, कात्तिक २६ : काठमाडौं उपत्यकामा थप १२६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप १२६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा ९७६, भक्तपुरमा ८१ र ललितपुरमा २०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
यस्तै, बुधबार नेपालमा थप २५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ भने अहिलेसम्म १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११७४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारमात्रै १६६६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।











