Kathmandu Press

नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो, थप  २५६९ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख नाघेको छ। 
नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो, थप  २५६९ जनामा संक्रमण पुष्टि
सांकेतिक तस्वीर।

काठमाडौं, कात्तिक २६ : नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख नाघेको छ। 

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५६९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रिमतको संख्या दुई लाख नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ भने अहिलेसम्म १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट  २६ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११७४ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारमात्रै १६६६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: २२:०९ बजे, बुधबार, कात्तिक २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्