Kathmandu Press

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण

काठमाडौं, कात्तिक २६ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना भाइरसको संक्रमण भएको छ। बुधबार आएको स्वाब परीक्षणको रिपोर्टमा अध्यक्ष केसीलाई कोरोना संक्रमण पुष्टि...
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण

काठमाडौं, कात्तिक २६ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना भाइरसको संक्रमण भएको छ। 

बुधबार आएको स्वाब परीक्षणको रिपोर्टमा अध्यक्ष केसीलाई कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि अध्यक्ष केसीलाई उपचारका लागि मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनकी छोरी रितु केसीले जानकारी दिइन्। 

केसीको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पतालले जनाएको छ। यसअघि रुपन्देहीमा रहँदा स्वास्थ्यमा समस्या आएपछि केसी काठमाडौं आएका थिए। काठमाडौं आएपछि पनि स्वास्थ्यमा समस्या देखिएपछि उनले कोरोना परीक्षण गराएका थिए।

प्रकाशित मिति: २१:४९ बजे, बुधबार, कात्तिक २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्