Kathmandu Press

अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दोमा सुदेशनालाई रजत पदक

काठमाडौं, कात्तिक २६ : नेपालकी सुदेशना गुरुङले प्रथम अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा रजत जितेकी छिन्।सुदेशनाले महिला एकल पुम्सेको यु–१५ उमेरसमूहमा रजत जितेको...
अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दोमा सुदेशनालाई रजत पदक

काठमाडौं, कात्तिक २६ : नेपालकी सुदेशना गुरुङले प्रथम अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा रजत जितेकी छिन्।

सुदेशनाले महिला एकल पुम्सेको यु–१५ उमेरसमूहमा रजत जितेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्काले जानकारी दिए।

सुदेशनाले ६.७५ अंक जोडिन्। यो स्पर्धामा नेपालका अन्य दुई खेलाडीले पनि प्रतिस्पर्धा गरेका थिए। ६.३० अंकसाथ नेपालकी शान्ति राईले कास्य जितिन्। प्रगति कुइकेल ५.६० अंकसाथ पाँचौं स्थानमा रहिन्।

ब्राजिलकी मारियाना उर्बिनाले ६.८० अंक जोड्दै स्वर्ण हात पारिन्। ब्राजिल तेक्वान्दो महासंघले आयोजना गरेको उक्त प्रतियोगितामा यसअघि पुरुष यु-१४ एकल पुम्सेमा नेपालका आयुश ढुंगेलले स्वर्ण जितेका थिए। अध्यक्ष खड्काले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए।

 

प्रकाशित मिति: २१:३४ बजे, बुधबार, कात्तिक २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्