नेकपा समुद्र हो, समुद्रमा छाल आयो भन्दैमा आत्तिनु पर्दैन : मन्त्री भट्टराई
फुङ्लिङ,कात्तिक २६ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने...
फुङ्लिङ,कात्तिक २६ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने बताएका छन्।
गृह जिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा बुधबार आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री भट्टराईले ठूलो पार्टीमा सामान्य विवाद जस्तो देखिए पनि कुनै हालतमा पार्टी नफुट्ने बताएका हुन्। उनले पार्टीलाई विभाजनबाट जोगाउन दोस्रो पुस्ताका नेता लाग्ने बताए।
“नेकपा समुद्र हो, समुद्रमा छाल आउँछ, त्यहीँ बिलाउँछ, छाल आयो भन्दैमा आत्तिनु हुँदैन,” उनले भने। पार्टीका नेता तथा कार्यकर्तालाई विचलित नहुनसमेत मन्त्री भट्राईले आग्रह गरे।
नेताहरुले आ-आफ्नातर्फबाट त्याग गरी पार्टी जोगाउनुपर्ने बताउँदै उनले पार्टी एकता कायम गर्न जनदबाब सिर्जना गर्न नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरेका थिए।











