Kathmandu Press

कोरोना संक्रमणबाट धरानमा थप एक जनाको मृत्यु 

धरान, कात्तिक २६ : कोरोना भाइरसको संक्रमणबाट सुनसरीको धरानमा थप एक जनाको मृत्यु भएको छ।धरान उपमहानगरपालिका-१४ का  ७४ वर्षीय वृद्धको बुधबार मृत्यु भएको...
कोरोना संक्रमणबाट धरानमा थप एक जनाको मृत्यु 

धरान, कात्तिक २६ : कोरोना भाइरसको संक्रमणबाट सुनसरीको धरानमा थप एक जनाको मृत्यु भएको छ।

धरान उपमहानगरपालिका-१४ का  ७४ वर्षीय वृद्धको बुधबार मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिए। उनका अनुसार  ती पुरुषमा कात्तिक २१ गत कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टिपछि घरमै बसिरहेका ती पुरुषलाई बुधबार बिहानमात्र एक्कासी सास फेर्न गाह्रो भएपछि वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर, उनको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

यसअघि ती पुरुषकी पत्नीको गत सोमबार कोरोना संक्रमणबाटै मृत्यु भएको थियो। 
 

प्रकाशित मिति: २०:५८ बजे, बुधबार, कात्तिक २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्