Kathmandu Press

वामदेव गौतमविरुद्धकाे मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं, कात्तिक २६ : नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनय गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ तोकिएको छ।यससम्बन्धी सर्वोच्च अदालतमा...
वामदेव गौतमविरुद्धकाे मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं, कात्तिक २६ : नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनय गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ तोकिएको छ।

यससम्बन्धी सर्वोच्च अदालतमा रिट परेको थियो। यसको आज संवैधानिक इजलासमा सुनुवाइ तोकिएको सर्वोच्च अदालतले जनाएको छ।

यस अघि विधि कारणले सुनुवाइ रोकिएको थियो। दशैं अघि सर्वोच्च अदालतका न्यायाधीशलाई कोरोना संक्रमण देखिँदा सुनुवाइ हुन सकेको थिए। त्यसपछि दशैं विदाका कारण सुनुवाइ हुन सकेको थिएन।

आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ तोकिएको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले १२ असोजमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गरेका थिए। गौतमको राष्ट्रियसभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन यसअघि अन्तरिम आदेश जारी गर्दै यसको टुंगो संवैधानिक इजलासबाट हुने भनिएको थियो।  

२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन्।

 

प्रकाशित मिति: १७:४० बजे, बुधबार, कात्तिक २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्