Kathmandu Press

लगानी बोर्डद्वारा ३८ अर्बको विदेशी लगानी स्वीकृत

काठमाडौं, कात्तिक २६ : लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि साढे ३८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ।बोर्ड अध्यक्ष एवं...
लगानी बोर्डद्वारा ३८ अर्बको विदेशी लगानी स्वीकृत

काठमाडौं, कात्तिक २६ : लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि साढे ३८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ।

बोर्ड अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४५औँ बैठकले तीन ठूला परियोजनाका लागि ३८ अर्ब ६८ करोड बराबरको लगानी स्वीकृत गरेको हो।

सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७ दशमलव ५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् परियोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख बराबरको विदेशी लगानी स्वीकृत गरेको बोर्डका प्रवक्ता धर्मन्द्रकुमार मिश्रले बताए।

उनका अनुसार ५७ मेगाावाटको हिमचुली दोर्दी जलविद्युत् परियोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दुधखोला जलविद्युत् परियोजनाका लागि दश अर्ब ४३ करोड ६० लाख लगानी स्वीकृत भएको हो।

यसैगरी बैठकमा लगानी बोर्ड कार्यालयको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरुसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्नेबारे छलफल भएको थियो।

लगानीकर्तालाई एकल बिन्दु सेवा केन्द्रद्वारा सहज र शीघ्र सेवा प्रदान गर्न केन्द्रलाई स्वचालित बनाउने तथा ‘नलेज म्यानेजमेन्ट पोर्टल’को स्थापना तथा उपयोग गर्ने विषयमा समेत छलफल भएको मिश्रले बताए।

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डमार्फत प्रवर्द्धन र सहजीकरण भएका परियोजनाहरु कार्यान्वयनको अवस्था र बोर्डका गतिविधिबारे जानकारी गराएका थिए। भट्ट सिइओ नियुक्ती भएपछि बोर्डको पहिलो बैठक मङ्गलबार बसेको हो।

प्रकाशित मिति: १७:०६ बजे, बुधबार, कात्तिक २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्