Kathmandu Press

कोरोना संक्रमणबाट मोरङमा मात्रै ९४ जनाको मृत्यु

विराटनगर, कात्तिक २६ : कोरोना भाइरसको संक्रमणबाट मोरङमा अहिलेसम्म ९४ जनाको ज्यान गएको छ।जिल्लामा साउन १४ गते पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको...
कोरोना संक्रमणबाट मोरङमा मात्रै ९४ जनाको मृत्यु

विराटनगर, कात्तिक २६ : कोरोना भाइरसको संक्रमणबाट मोरङमा अहिलेसम्म ९४ जनाको ज्यान गएको छ।

जिल्लामा साउन १४ गते पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको थियो। त्यसयता ९४ जनाले ज्यान गुमाइसकेका छन्।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भदौमा २९ जनाको मृत्यु भएको थियो। उनीहरुमध्ये आधा जति मोरङकै रहेका छन्। आधा भने उपचारका लागि आएका अन्य जिल्लाका संक्रमित छन्।

त्यस्तै, असोजमा ५० जनाको कोरोनाबाट मृत्यु भएको छ। चार महिनाको अवधिमा सबैभन्दा बढी असोजमै मृत्यु भएको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा दुई सय ६२ जनाको मृत्यु भएको छ। जसमध्ये ९४ जना मोरङका रहेका छन्।

त्यस्तै, मोरङमा पनि सबैभन्दा बढी विराटनगरमा ६१ जनाको मृत्यु भएको छ। यसैगरि पथरीशनिश्चरेमा पाँच, बेलबारीमा चार, सुन्दरहरैचा, कटहरी र बुढीगंगामा तीन–तीन, उर्लाबारी, रंगेली, रतुवामाई, सुनबर्षी, कानेपोखरी र ग्रामथानमा दुई–दुई, केराबारी, जहदा र धनपालथानमा एक–एक जनाको मृत्यु भएको छ।

त्यस्तै, प्रदेशमा सुनसरीमा ८५, झापामा ४६,  उदयपुरमा ६, धनकुटामा चार, तेह्रथुम तीन, इलाममा दुई र ताप्लेजुङमा एक जनाको कोरोनाबाट मृत्यु भएको छ।

 

प्रकाशित मिति: १५:५५ बजे, बुधबार, कात्तिक २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्