Kathmandu Press

विश्वभर एकैदिन ९ हजार वढी संक्रमितको मृत्यु 

काठमाडौ, कात्तिक २६ : विश्वभर एकैदिन ९ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा ९ हजार १९० संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले...
विश्वभर एकैदिन ९ हजार वढी संक्रमितको मृत्यु 

काठमाडौ, कात्तिक २६ : विश्वभर एकैदिन ९ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार १९० संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १२ लाख ७८ हजार ५३८ पुगेको छ । यस्तै पछिल्लो २३ घण्टामा ५ लाख ४२ हजार ३ सय ९० संक्रमित थपिएका छन् ।

Hardik ivf

यो सँगै विश्वभर संक्रमितको संख्या ५ करोड १७ लाख ९६ हजार नाघेको छ । यसमध्ये ३ करोड ६३ लाख ८५ हजार ६९२ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख २२ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् ।

विश्वभर यो समाचार तयार पार्दासम्म सक्रिय संक्रमितको संख्या १ करोड ४१ लाख ३२ हजार ४४५ पुगेको छ ।

प्रकाशित मिति: १४:२२ बजे, बुधबार, कात्तिक २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्