Kathmandu Press

प्रधानमन्त्री ओली आज संखुवासभा जाँदै, विभिन्न आयोजनाको अवलोकन गर्ने 

काठमाडौं, कात्तिक २६ : प्रधानमन्त्री केपी शर्मा ओली आज सङ्खुवासभा जाँदै छन् । बिहान साढे ८ बजे हेलिकप्टरबाट संखुवासभा प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री...
प्रधानमन्त्री ओली आज संखुवासभा जाँदै, विभिन्न आयोजनाको अवलोकन गर्ने 

काठमाडौं, कात्तिक २६ : प्रधानमन्त्री केपी शर्मा ओली आज सङ्खुवासभा जाँदै छन् । बिहान साढे ८ बजे हेलिकप्टरबाट संखुवासभा प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

ओलीले त्यहाँ सञ्चालित विभिन्न विकास निर्माणका आयोजनाहरुको अवलोकन गर्नुहुने छ । प्रधानमन्त्री ओली सङ्खुवा जानेभएपछि तयारी पनि तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । ओली सुरूमा चीनसँग सीमा जोडिएको उत्तरी नाका किमाथाङ्का पुग्ने कार्यक्रम छ ।

यस्तै उनले भोटखोला गाउँपालिका १ मा पर्ने किमाथाङ्का नाकाको अवलोकन गर्ने छन् । झण्डै एक वर्षअघि स्थापना भएको सीमा सुरक्षा पोस्ट (बीओपी) को निर्माणधीन भवनका साथै भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतको पनि अवलोकन गर्ने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ओलीले राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी व्यापारिक राजमार्गको अनुगमन गर्ने, भोटखोला च्याम्ताङ राजमार्ग किमाथाङ्का छिचोल्नका लागि नेपाली सेनाले तयार गर्दै गरेको बंकर र अस्थायी क्याम्प लगायतको अनुगमन गर्ने कार्यक्रम छ । ओली साढे ३ बजेसम्म सङ्खुवासभा बसेर काठमाडौँ फर्कने छन् । 

प्रकाशित मिति: १३:४३ बजे, बुधबार, कात्तिक २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्