Kathmandu Press

ट्रकको ठक्करबाट दाङको देउखुरीमा तीनको मृत्यु

काठमाडौं, कात्तिक २६ : दाङमा ट्रकले ठक्कर दिँदा  तीन जनाको मृत्यु भएको छ ।राप्ती गाउँपालिका वडा नं ४ मौरीघाटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको...
ट्रकको ठक्करबाट दाङको देउखुरीमा तीनको मृत्यु

काठमाडौं, कात्तिक २६ : दाङमा ट्रकले ठक्कर दिँदा  तीन जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका वडा नं ४ मौरीघाटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

 गए राति ८ बजेतिर उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन ।

शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: १३:३९ बजे, बुधबार, कात्तिक २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्