बिहारमा फेरी एनडीएलाई बहुमत, सातौ पटक नितिशकुमार मुख्यमन्त्री बन्ने सम्भावना
काठमाडौँ, कात्तिक २६ : भारतको बिहार राज्यमा फेरि जनता दल युनाइटेड (एनडीए) को सरकार बन्ने निश्चित भएको छ । २ सय ४३ विधान...
काठमाडौँ, कात्तिक २६ : भारतको बिहार राज्यमा फेरि जनता दल युनाइटेड (एनडीए) को सरकार बन्ने निश्चित भएको छ । २ सय ४३ विधान सभा सिटमा मुख्यमन्त्री नितिशकुमार नेतृत्वको एनडीएले १ सय २५ सिट प्राप्त गरेको हो ।
भारतीय जनता पार्टी र जनता दल युनाइटेडको गठबन्धन (एनडीए) मा जनता दल युनाइटेडले ४३ सिट र भारतीय जनता पार्टीले ७४ सिट जितेको बीबीसी हिन्दीले जनाएको छ । बहुमतका लागि चाहिने १ सय २२ सिटको आँकडा पार लगाउँदै भाजपा र जनता दल युनाइटेडको गठबन्धन (एनडीए) को सरकार बन्ने पक्का भएको हो ।
एनडीएका तर्फबाट सातौँ पटक अब नितिश कुमार नै बिहारको मुख्यमन्त्री बन्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । एनडीएको टक्कर दिने महागठबन्धनले १ सय १० सिटमा जित निकालेको छ भने राष्ट्रिय जनता दलले ७५ सिटमा जितेको छ । बिहार विधानसभाको तीन चरणमा चुनाव सम्पन्न भएको थियो ।
कोरोना भाइरसका कारण चुनावको नतिजा प्रकाशनमा यस पटक केही ढिलाइ भएको निर्वाचन आयोगले जनाएको छ । बिहारमा गत अक्टोवर २८, नोभेम्वर ३ र नोभेम्बर ७ मा गरी तीन चरणमा चुनाव भएको थियो ।












