Kathmandu Press

भारतको राजस्थानमा निर्माणाधिन भवन भत्किदा ८ मजदुरको मृत्यु

भारतको राजस्थानमा निर्माणाधिन भवन भत्किदा ८ मजदुरको मृत्यु
Hardik ivf

काठमाडौ, कात्तिक २६ : भारतको राजस्थानस्थित जोधपुर जिल्लाको बासनी क्षेत्रमा मंगलबार निर्माणाधीन भवन भत्किँदा ८ मजदुरको मृत्यु भएको छ।।

भत्किएको भवनभित्र झन्डै २० जना पुरिएको आशंका गरिएको छ। कयौँ घाइते भएका छन् । मृतकको संख्या बढ्न सक्ने त्यहाँका अधिकारीले जनाएका छन् ।

घटनास्थलमा बुधबार बिहानसम्म नै उद्धार जारी रहेको बीबीसी हिन्दीले जनाएको छ। मृतकका परिवारलाई सहायता कोषबाट जनही २ लाख र घाइतेलाई ४०/४० हजार रुपैयाँ सहयोग गर्ने राज्य सरकारले घोषणा गरेका छन्।

प्रकाशित मिति: १२:५८ बजे, बुधबार, कात्तिक २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्