Kathmandu Press

भारतमा कोरोना संक्रमितको दर घट्दै, २४ घण्टामा ४४ हजारमा संक्रमण 

काठमाडौँ, कात्तिक २६ : भारतमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको छ ।दुई महिना अघि सम्म  एकैदिन एक लाख हाराहारीसम्म संक्रमित भेटिएका भारतमा...
भारतमा कोरोना संक्रमितको दर घट्दै, २४ घण्टामा ४४ हजारमा संक्रमण 

काठमाडौँ, कात्तिक २६ : भारतमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको छ ।

दुई महिना अघि सम्म  एकैदिन एक लाख हाराहारीसम्म संक्रमित भेटिएका भारतमा अहिले यो संख्या औषत ४० हजारमा झरेको छ । पछिल्लो २४ घण्टामा थप ४४ हजार ६७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो सँगै भारतमा संक्रमितको संख्या ८६ लाख ३५ हजार ७५४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८० लाख ११ हजार ८४४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५११ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २७ हजार ६१५ पुगेको छ ।

प्रकाशित मिति: १२:५३ बजे, बुधबार, कात्तिक २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्