Kathmandu Press

दिल्लीलाई हराउँदै मुम्बईले जित्यो पाँचौ पटक आईपीएल क्रिकेटको उपाधि

दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्सले आईपीएल क्रिकेटको उपाधि उचालेको छ। 
दिल्लीलाई हराउँदै मुम्बईले जित्यो पाँचौ पटक आईपीएल क्रिकेटको उपाधि

काठमाडौं, कात्तिक २५ : दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि उचालेको छ। 

मंगलबार युएईमा भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले  १३ ओँ संस्करणको आईपीएल क्रिकेटको उपाधि उचालेको हो। योसँगै मुम्बईले सर्वाधिक पाँच पटक आईपीएल क्रिकेटको उपाधि उचाल्न सफल भएको छ। 

मुम्बईले यसअघि सन् २०१३, २०१५, २०१७ र २०१९ मा आईपीएलको उपाधि जितेको थियो। 

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले दिएको १५७ रनको विजयी लक्ष्य मुम्बईले १८ दशमलब ४ ओभरमा पाँच विकेट गुमाएर भेट्टाएको हो। 

मुम्बईका लागि कप्तान रोहित शर्माले ५१ बलको सामना गर्दै चार छक्का र पाँच चौकार प्रहार गर्दै सर्वाधिक ६८ रन जोडे।

यस्तै, इशान किसन ३३ र कुर्नाल पाण्डे १ रनमा अविजित रहँदा क्युन्टन डीले २०, सूर्यकुमार यादवले १९, किरोन पोलार्डले ९ र हार्दिक पाण्डेयले ३ रन जोडे। 

दिल्लीका लागि एनरिच नोकिआले दुई, कागिसो राबाडा र  मार्कस स्टोनिसले समान एक–एक विकेट लिएका थिए। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १५६ रनको योगफल तयार पारेको थियो। उसका लागि कप्तान सिरिष एैर ६्र५ रनमा अविजित रहे। यस्तै, ऋषव पन्तले ५६ र शिखर धवनले १५ रन जोडेका जोड्दा बाँकी व्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। 

मुम्बईका लागि ट्रेन्ट बाउल्टले सर्वाधिक तीन, नाथन नायलले दुई र जयन्त यादवले एक विकेट लिएका थिए।

उपाधि विजेता मुम्बई २० करोड रुपैयाँ भारु प्राप्त गर्दा दिल्लीले साढे १२ करोड रुपैयाँमा चित्त बुझायो । व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीले १० लाख रुपैयाँ प्राप्त गरे ।

व्यक्तिगत उपाधि :

 पर्पल क्याप : कागिसो रबाडा, दिल्ली क्यापिटल्स (३० विकेट)

ओरेन्ज क्याप : केएल राहुल, किंग्स इलावेन पञ्जाव (६७० रन)

इमर्जिङ प्लेयर : देवदत्त पाडिकल, रोयल च्यालेन्जर्स बैंग्लोस (४७३ रन)

गेम चेन्जर अफ दी सिजन : केएल राहुल, किंग्स इलावेन पञ्जाव (६७० रन)

लेट्स क्र्याक अफ दी सिजन : इशान किसन, मुम्बई इन्डियन्स (३० छक्का)

पावर प्ले अफ दी सिजन : ट्रेन्ट बोल्ट, मुम्बई इन्डियन्स (२५ विकेट)

सुपर स्ट्राइकर अफ दी सिजन : किरेन पोलार्ड, मुम्बई इन्डियन्स (१९१.४२)

मोस्ट भ्यालुएभल प्लेयर : जोफ्रा आर्चर, राजस्थान रोयल्स (२० विकेट)

प्रकाशित मिति: ०४:५८ बजे, बुधबार, कात्तिक २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्