Kathmandu Press

गण्डकीमा थपिए १६६ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

पोखरा, कात्तिक २५ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६६ जना कोरोना सङ्क्रमित थपिएका छन् भने कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ।मृत्यु...
गण्डकीमा थपिए १६६ जना कोरोना संक्रमित, एक जनाको मृत्यु
सांकेतिक तस्वीर।

पोखरा, कात्तिक २५ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६६ जना कोरोना सङ्क्रमित थपिएका छन् भने कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका-९ का ६३ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११२ पुगेको छ।

प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या नौ हजार ५२१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।

प्रदेशमा हालसम्म चार हजार ९६५ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या चार हजार ४४४ पुगेको छ। 

प्रकाशित मिति: ०२:०६ बजे, बुधबार, कात्तिक २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्