Kathmandu Press

धुम्बाराही बैठकअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, कात्तिक २५ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री...
धुम्बाराही बैठकअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड। फाइल तस्वीर।

काठमाडौं, कात्तिक २५ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड मंगलबार दिउँसो बालुवाटार पुगेका हुन्। अध्यक्ष प्रचण्डले धुम्बाराहीमा आफू सचिवालयका पाँच जना सदस्यलाई छलफलका लागि बोलाएका छन्। अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच अपरान्ह पार्टी मुख्यालयमा छलफल हुँदैछ। 

Hardik ivf

त्यसअघि अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीबीच छलफल भएको हो। ओली र प्रचण्डबी भएको भेटमा पार्टीभित्रको आन्तरिक विवादबारे छलफल भएको स्रोतले जनाएको छ। 

यसअघि अध्यक्ष प्रचण्डको अध्यक्षतामा पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बुहमत सचिवालय सदस्यको अनौपचारिक बैठकले प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई सामूहिक भेटेर बैठक बोलाउन लिखित पत्र बुझाएको थियो। तर, प्रधानमन्त्री ओलीले तत्काल बैठक आवश्यक नरहेको र उपयुक्त समयमा बोलाइने जवाफ दिएका थिए। अध्यक्ष प्रचण्डसहितका सचिवालयका पाँँच जना नेताहरुले भने विवादबारे छलफल गर्न बोलाउनु पर्ने अडान राख्दै आएका छन्।

नेकपाभित्र कर्णालीमा प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव, राजदूत नियुक्तिका लागि सिफारिसको निर्णय, मन्त्रिपरिषद् विस्तार,  भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीको भेट लगायतका विषयलाई लिएर विवाद चर्किएको छ।

प्रकाशित मिति: २१:३६ बजे, मंगलबार, कात्तिक २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्