Kathmandu Press

राप्रपा अध्यक्षत्रयको बैठक, सरकारविरुद्ध जनसंघर्षमा उत्रिने

काठमाडौं, कात्तिक २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारविरुद्ध जनसंघर्ष गर्ने भएको छ। मंगलबार अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच बूढानीलकण्ठमा...
राप्रपा अध्यक्षत्रयको बैठक, सरकारविरुद्ध जनसंघर्षमा उत्रिने

काठमाडौं, कात्तिक २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारविरुद्ध जनसंघर्ष गर्ने भएको छ। 

मंगलबार अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच बूढानीलकण्ठमा भएको छलफलमा कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार लगायतका विषयलाई लिएर जनसंघर्ष जाने निर्णय भएको हो। 

पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार लगायतका विषयलाई लिएर जनसंघर्ष गर्ने निर्णय भएको र विस्तृत कार्यक्रम सार्वजनिक गरिने बताए।

बैठकमा देशको राजनीतिक अवस्था, पार्टी संगठनको समिक्षा गर्दै भावी कार्यक्रमबारे पनि छलफल भएको थियो। बैठकले स्थानीय तहमा पार्टी समायोजनलाई तीव्रता दिने  निर्णय पनि गरेको बर्तौलाले जानकारी दिए। 

प्रकाशित मिति: २१:२१ बजे, मंगलबार, कात्तिक २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्