Kathmandu Press

प्रचण्डसहितका पाँच नेता धुम्बाराहीमा भेला हुँदै

काठमाडौं, कात्तिक २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्षसहित पाँच नेता पार्टी कार्यालय धुम्बाराहीमा भेला हुने भएका छन्। प्रचण्डसहित वरिष्ठ नेता...
प्रचण्डसहितका पाँच नेता धुम्बाराहीमा भेला हुँदै

काठमाडौं, कात्तिक २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्षसहित पाँच नेता पार्टी कार्यालय धुम्बाराहीमा भेला हुने भएका छन्। पुष्पकमल दाहल 'प्रचण्ड'सहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ४ बजेपछि छलफलमा जुट्ने भएका हुन्।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक नबोलाएपछि बहुमत सचिवालय सदस्यहरू आक्रोसित बनेका छन्।

शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर बहुमत सचिवालय सदस्यहरूले सचिवालय बैठकका लागि पत्र बुझाएपनि उनले बैठक नबोलाएपछि उनीहरूले पार्टी कार्यालय धुम्बाराहीमा भेला गर्ने तयारी गरेका हुन्।

प्रकाशित मिति: २०:२८ बजे, मंगलबार, कात्तिक २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्