कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु
काठमाडौं, कात्तिक २५ : कोरोना संक्रमणको कारण चितवन मेडिकल कलेजमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१९ का ७७ वर्षीय पुरूषको सोमबार...
काठमाडौं, कात्तिक २५ : कोरोना संक्रमणको कारण चितवन मेडिकल कलेजमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–१९ का ७७ वर्षीय पुरूषको सोमबार राति मृत्यु भएको हो।
उच्च रक्तचाप, मधुमेह र मिर्गौलासम्बन्धी रोग रहेको उनमा कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
श्वासप्रश्वासमा समस्यादेखिएपछि मेडिकल कलेजमा भर्ना भएका उनलाई कोभिड आईसीयू कक्षमा राखेर उपचार गरिएको थियो।। लम्सालका अनुसार उनी उबाट समेत ग्रसित थिए।
प्रकाशित मिति: १९:०८ बजे, मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











