चीनको सीमावर्ती क्षेत्र किमाथांका जाँदै प्रधानमन्त्री ओली
काठमाडौं, कात्तिक २५ : प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का जाने भएका छन्। कोशी करिडोरलगायतका विकास आयोजना निरीक्षण गर्न बुधबार प्रधानमन्त्री ओली...
काठमाडौं, कात्तिक २५ : प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का जाने भएका छन्।
कोशी करिडोरलगायतका विकास आयोजना निरीक्षण गर्न बुधबार प्रधानमन्त्री ओली संखुवासभासँग सीमा जोडिएको क्षेत्र जाने तयारी भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
आफ्नो स्वास्थ्य गजबले सुधार भएको बताउँदै आएका प्रधानमन्त्री दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि पहिलो पटक राजधानी बाहिर जान लागेका हुन्।
प्रकाशित मिति: १८:४७ बजे, मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











