Kathmandu Press

कोरोना संक्रमणकाे कारण रुपन्देहीमा तीनको मृत्यु

काठमाडौं, कात्तिक २५ : कोरोना संक्रमणको कारण रुपन्देहीमा तीन जनाको मृत्यु भएको छ। संक्रमित मध्ये एक स्वास्थ्यकर्मी रहेका छन्। बुटवलका दुई जना र कपिलवस्तुका...
कोरोना संक्रमणकाे कारण रुपन्देहीमा तीनको मृत्यु

काठमाडौं, कात्तिक २५ : कोरोना संक्रमणको कारण रुपन्देहीमा तीन जनाको मृत्यु भएको छ। तीनमध्ये एक स्वास्थ्यकर्मी रहेका छन्। 

बुटवलका दुई जना र कपिलवस्तुका एकको कोरोना संक्रमणको कारण मृत्यु भएको हो।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० की मधुवनी स्वास्थ्य केन्द्रकी सिनियर अनमी को भीम अस्पतालमा मृत्यु भएको हो।  ४८ वर्षीया महिलामा कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनको सोमबार राति मृत्यु भएको हो।

त्यस्तै, सिद्धार्थनगर नगरपालिका–१२ का ७० वर्षीय पुरुषको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ। कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको उनको  भीम अस्पतालमा उपचार हुँदै आएको थियो। दमको दीर्घरोगी रहेका पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको हो।

त्यस्तै कपिलवस्तु नगरपालिका–६ का ७९ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ।

कात्तिक २३ गते  अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो २ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। उनको सोमबार राति ९ बजे मृत्यु भएको हो।

योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ८९ पुगेको छ भने, कपिलवस्तुमा मृत्यु हुने संख्या १४ पुगेको छ।

प्रकाशित मिति: १८:१७ बजे, मंगलबार, कात्तिक २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्