कोरोना संक्रमणबाट मोरङमा मंगलबार बिहान ९ जनाको मृत्यु
विराटनगर, कात्तिक २५ : कोरोना भाइरसको संक्रमणबाट मोरङमा एकैदिन नौ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो।जिल्ला...
विराटनगर, कात्तिक २५ : कोरोना भाइरसको संक्रमणबाट मोरङमा एकैदिन नौ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो।
जिल्ला स्वास्थ्य कार्यालय, मोरङका अनुसार विराटनगरको नोबेल शिक्षण अस्पतालमा पाँच कोरोना संक्रमितको मृत्यु भएको छ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार झापाको गौरादह–५ का ६५ वर्षीय वृद्धको आज बिहान ८ः२५ बजे मृत्यु भएको हो। उनी कात्तिक १३ गते अस्पताल भर्ना भएका थिए। उनलाई श्वासप्रश्वासको समस्या रहेको थियो।
त्यस्तै, तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय पुरुषको आज बिहान करिब ८ः२० बजे नोबेल अस्पतालमै मृत्यु भएको छ। उनी कात्तिक २२ गते अस्पतालमा भर्ना भएका थिए।
नोबेल अस्पतालमै झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्धको आज बिहान मृत्यु भएको छ। उनलाई कात्तिक १५ गते अस्पताल भर्ना गरिएको थियो।
उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको पनि नोबेल अस्पतालमै आज बिहान मृत्यु भएको जनाएको छ। उनलाई कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो। उनको आज बिहान ५ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
यसैगरि नोबेल अस्पतालमै मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्धको मृत्यु भएको छ। उनलाई कात्तिक २२ गने अस्पताल भर्ना गरिउको थियो। श्वासप्रश्वासमा समस्या रहेका उनको आज बिहान ६ः३० बजे मृत्यु भएको हो।
अन्य तीन जनामध्ये दुई जनाको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा र एक जनाको न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
विराटनगरको कोशी अस्पतालमा सुनसरीको इटहरी–५ की ६९ वर्षीया वृद्धाको आज बिहान ८ बजे मृत्यु भएको हो। उनलाई कात्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो।
त्यस्तै, विराटनगर–३ का ७७ वर्षीय वृद्धको पनि कोशी अस्पतालमै आज बिहान ७ बजे मृत्यु भएको छ। उनलाई कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो।
यसैगरि आज बिहान ८ः५० बजे मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको न्युरो अस्पतालमा मृत्यु भएको छ। उनलाई कात्तिक २१ गते अस्पताल भर्ना गरिएको थियो।
यस्तै, होम आइसोलेसनमा रहेकी मोरङको सुन्दरहरैँचा–७ की ७७ वर्षीया वृद्धा आज बिहान ७ः३० बजे मृत्यु भएको छ। उनलाई कात्तिक २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई ज्वरोसँगै निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको थियो।











